Logo

पोर्चुगल युरोकपमा छनोट, कोसोभोबिरुद्ध ईङल्याण्डको ४ गोल

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । पोर्चुगल आसन्न युरोकप फुटबलका लागि छनोट भएको छ । ग्रुप बी अन्तर्गतको खेलमा गएराती लब्जेम्बर्गलाई २–० ले हराउदै पोर्चुगलले युरोकपमा स्थान बनाएको हो । उसको जितमा बुर्नो फर्नाण्डेज र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । ८ खेलबाट १७ अंक जोडेको पोर्चुगलले सर्बियालाई ३ अंकले पछि पारेको हो । गएराती नै सर्बियाले युक्रेनसंग २–२ को बराबरी खेलेको थियो ।
ग्रुप ए अन्तर्गतको खेलमा ईङल्याण्डले कोसोभोलाई ४–० ले स्तब्ध पार्यो । यसअघि नै युरोकपको टिकट काटिसकेको ईङल्याण्डलाई जिताउन हेरी विङस, हेरी केन, मार्कोस रासफोर्ड र मासन माउण्टले एक एक गोल गरे । सोहि समुहको खेलमा बुल्गेरियाले चेक रिपब्लिकलाई १–० ले स्तब्ध पारेको थियो । अन्य खेलहरुमा फ्रान्सले अल्बानियालाई तथा टर्किले एण्डोरालाई समान २–० ले हराए । माल्डोभा भने आईसल्याण्डसंग २–१ ले स्तब्ध भयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?