Logo

पोखरा प्रिमियर लिग १ महिना पछि सर्यो

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता एक महिना पछि धकेलिएको छ । कार्तिक २६ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता १ महिना पछि सारिएको हो । प्रतियोगिताको नयाँ मिति मंसिर २८ देखी पौष १२ लाई तय गरिएको छ । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता एक महिना सरेको जनाएको हो ।
विश्वचर्चित क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब एमसीसीको नेपाल भ्रमण तथा आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी समेतलाई मध्यनजर गर्दै प्रतियोगिताको मिति १ महिना पछि सारिएको आयोजकले जनाएको छ । सोहि समय अण्डर १९ टिमको भारत भ्रमण समेत परेको छ । एमसीसीको टिमले कात्तिक १६ देखि कात्तिक २६ सम्म नेपालको भ्रमण गर्नेछ । दोस्रो संस्करणको पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पुरस्कार राशी भने तय गरिएको छैन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?