
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज काठमाण्डौ गोल्डेन्स र एक्सपर्ट धनगढी ब्लुज तथा विराटनगर टाईटन्स र पोखरा पल्टनबिच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा आजको पहिलो खेलमा बिहान ९ बजे काठमाण्डौ र धनगढी आमने सामने हुनेछन् । सुरुवाती दुबै खेल गुमाएको ज्ञानेन्द्र मल्ल कमानीको काठमाण्डौलाई अघिल्लो चरणको यात्रा तय गर्न बाँकि तीनै खेलमा जित निकाल्न आवश्यक छ । यस्तोमा काठमाण्डौ निक्कै दबावमा रहनेछ । पहिलो खेलमा विराटनगरलाई हराएको धनगढी भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
सोहि मैदानमा दिउँसो पौने १ बजे विराटनगर टाईटन्स र पोखरा पल्टन प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा हार भोगेको विराटनगर दोस्रो खेलबाट अंक जोड्ने योजनामा छ । एक जित र एकमा हार भोगेको पोखरालाई पनि अघिल्लो चरणको संभावना कायम राख्न विराटनगरबिरुद्ध जित निकाल्न आवश्यक छ । पोखरा शरद भेषावकर र विराटनगर प्रदिप ऐरीको कमानीमा रहेका छन् ।
यसअघि हिजो भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउदै चितवन राईनोजले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।
