
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफ खेलमा अहिले बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्स प्रतिस्पर्धा गर्दैछन् । फाईनल प्रबेशको लक्ष्यमा रहेका दुबै टोली आज जित निकाल्दै चितवन राईनोजसंगको उपाधि भेट पक्का गर्ने योजनामा रहेका छन् । पोखरा रंगशालामा टस जितेको बुटवलले फिल्डिड़ रोजेपछि विराटनगर टाईटन्स ब्याटिड़मा उत्रिएको छ ।
यसअघि हिजो भएको समुहचरणको अनितम खेलमा भिडेका यी २ टोली प्लेअफका लागि पनि प्रतिस्पर्धा गर्न लागेका हुन ।
