Logo

पोखरा प्रिमियर लिग क्रिकेटमा चितवनद्धारा विराटनगरसामु १ सय ४७ रनको चुनौती

ई-खेलकुद २०७६ पुस ६ , आईतबार १०:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल अन्र्तगत आजको पहिलो खेलमा चितवन राईनोजले विराटनगर टाईटन्ससामु १ सय ४७ रनको चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको विराटनगरले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रनको मध्यम योगफल तयार पारेको हो । आरिफ शेखले सर्बाधिक ३९ रन बनाएको ईनिङसमा कप्तान पारस खड्काले ३५ रन जोडे । बिष्फोटक ब्याटिङ गरेका सन्नी पटेलले ८ बलमा २७ रन जोडे । बाबर हायातले २५, रोहन मुस्तफाले ७ र अनिल कुमार शाहले ३ रन बनाए ।
विराटनगरका किशोर महत्तो, जितेन्द्र मुखिया, पुनित मेहेरा र महम्मद जेईद आलमले एक एक विकेट लिए ।
आजको दोस्रो खेलमा दिउँसो १ बजे बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढी ब्लुजको सामना गर्नेछ । ४ अंकमा तालिकाको तेस्रो स्थानमा रहेको बुटबल तेस्रो जितसंगै प्लेअफ नजिक पुग्ने योजनामा रहदा धनगढी दोस्रो जितको खोजीमा छ । ३ खेलबाट २ अंक मात्र जोडेको धनगढी तालिकाको पुछारमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?