Logo

पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ खेल हुदै

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०८:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज २ खेल हुदैछन् । आज प्रतियोगीताको एक मात्र अपराजित टोली चितवन राईनोजले बिराटनगर टाईटन्ससंग तथा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढी ब्लुजसंग प्रतिस्पर्धा गर्नेछन् । पोखरा रंगशालामा बिहान साढे ९ बजे मैदान उत्रदा चितवन जितको श्रृखला जारी राख्ने योजनामा रहेको छ । विराटनगर टाईटन्सलाई भने प्रतियोगितामा रहिरहन बाँकि दुबै खेलमा जित निकाल्न आवश्यक रहेको छ । उपाधि दाबेदार चितवनलाई हराउन विराटनगरलाई निक्कै मेहनत आवश्यक छ ।
आजको दोस्रो खेलमा दिउँसो १ बजे बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढी ब्लुजको सामना गर्नेछ । ४ अंकमा तालिकाको तेस्रो स्थानमा रहेको बुटबल तेस्रो जितसंगै प्लेअफ नजिक पुग्ने योजनामा रहदा धनगढी दोस्रो जितको खोजीमा छ । ३ खेलबाट २ अंक मात्र जोडेको धनगढी तालिकाको पुछारमा रहेको छ ।
यसअघि हिजो भएको खेलमा विराटनगरलाई हराउदै काठमाण्डौ गोल्डेनले प्लेअफ प्रबेशको संभावना कायमै राखेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?