
काठमाण्डौ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण कातिक २६ गतेबाट हुने भएको छ । प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज प्रेस बिज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।
मंसिर ७ गतेसम्म हुने प्रतियोगिता पोखरा क्रिकेट मैदानमा हुने बताईएको छ । ६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको मिति घोषणा गरेपनि पुरस्कार राशी भने सार्बजनिक गरिएको छैन् । अघिल्लो बर्षको बिजेताले २७ र उपबिजेताले १० लाख रुपैया हात पारेको थियो ।
प्रतियोगितालाई अघिल्लो बर्षपनि सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता दाबी गरिएको थियो ।
