Logo

पोखरा प्रिमियर लिगमा पोखराद्धारा धनगढीसामु ८० रनको झिनो चुनौती

ई-खेलकुद २०७६ पुस ७ , सोमबार १२:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा पोखरा पल्टनले एक्सपर्ट धनगढी ब्लुजसामु ८० रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ दशमलव ३ ओभरमा ७९ रनमा समेटिएको हो । आसिफ शेखले सर्बाधिक ३२ रन बनाएको ईनिङसमा विनोद भण्डारीले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । भरपर्दा ब्याट्सम्यानहरु कुशल भुर्तेल ६, शरद भेषावकर ४, कुशल मल्ल २ र कृष्ण कार्की १ रनमा आउट भए । रबिईन्दर सिंह र रोहित कुमार पौडेलले खाता नै खोल्न सकेनन् ।
धनगढीका अनिल खरेलले ३ तथा कमलसिंह ऐरी, सागर ढकाल र दिपाल पुनियाले समान २ विकेट लिए । पोखराका एक ब्याट्सम्यान रन आउट भएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?