
पोखरा । पोखरामा भोलीबाट सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले प्रतियोगिताको सम्पुर्ण तयारी सककिएको जनाएको छ । प्रालीका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगिता खेल्न सबै टोलीका खेलाडी पोखरा पुगीसकेको र ब्यवस्थापकिय कामहरु पनि पुरा भएको बताउनुभयो । पोखरा रंगशालामा भोली पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्सबिच खेल हुदै प्रतियोगिताको सुरुवात हुनेछ ।
यसैबिच पीपीएलको ट्रफि आज सार्बजनिक हुदैछ । पोखरामा मध्यान्ह सबै टोलीका कप्तानले प्रतियोगिताको ट्रफि सार्बजनिक गर्ने प्रबन्ध निर्देशक लामाले बताउनुभयो । पौष १२ गते सम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २७ लाख रुपैया हात पार्नेछन् ।
