Logo

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पोखरा र काठमाण्डौ भिड्ने

ई-खेलकुद २०७६ मंसीर २५ , बुधबार ११:१२ मा प्रकाशित

पोखरा । शनिबारबाट सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स भिड्ने भएका छन् । प्रतियोगिताको आयोजकले मंसिर २८ देखी पौष १२ गतेसम्म चल्ने प्रतियोगिताको खेल तालिका आज सार्बजनिक गरेको हो । फ्रेन्चाईज ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यी दुईसंगै बुटवल ब्लास्टर्स, चितवन राईनोज, बिराटनगर्स टाईटन्स र एक्सपर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका सबै खेलहरु पोखरास्थित पोखरा रंगशालाको क्रिकेट मैदानमा हुनेछ । राउण्ड रोविन लिगका आधारमा चल्ने प्रतियोगितामा एकले अर्का टोलीसंग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोलीले फाईनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्लेअफ खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?