Logo

पोखरालाई हराएको धनगढीको प्ले अफ संभावना कायमै, पोखरा बाहिरियो

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०३:१२ मा प्रकाशित

पोखरा । डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको समुहचरणमै रोकिएको छ । आफ्नो अन्तिम खेलमा आज एक्पर्ट धनगढी ब्लुजसंग ५ विकेटले पराजित भएसंगै पोखराको यात्रा समुहचरणमै सिमित भएको हो ।
पोखरा रंगशालामा पोखराले दिएको ८० रनको झिनो चुनौती धनगढीले ९ ओभर १ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन बनाउदै धनगढीलाई सहज जित दिलाए । पोखराका प्रथामेश डाके र सर्वजित लड्डाले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा ७९ रनमा समेटिएको थियो । पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । विनोद भण्डारीले १२ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
धनगढीका अनिल खरेलले ३ तथा दिपक पुनिया,कमल सिंह ऐरी र सागर ढकालले समान २ विकेट लिए । ५ खेलमा ४ अंक जोडेको धनगढीको प्ले अफ प्रबेशको संभावना कायम रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?