
पोखरा । बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा दोस्रो जित हात पारेको छ । आज भएको खेलमा पोखरा पल्टनलाई ८ विकेटले हराउदै बुटवलले अघिल्लो चरण प्रबेशको संभावना बलियो बनाएको हो । पोखराले दिएको १ सय २२ रनको चुनौती बुटवलले ३६ बल अगावै २ विकेट गुमाएर भेट्टायो । बुटवलको जितमा अफताबुद्धिन अहमदले सर्बाधिक ७५ रनको योगदान गरे । शंकर रानाले १९ रन बनाउदा भीम सार्की १६ रनमा अबिजित रहदै टोलीलाई जितसम्म पुर्याए । अहमद र रानाले पहिलो विकेटका रुपमा ८७ रनको साझेदारी बनाएपछि बुटवलले सहज जित हात पारेको हो । रासिद खान र प्रथमेश डाकेले बुटवलको एक एक विकेट लिए । साबिक विजेता पोखराको जारी सिजन यो तेस्रो हार हो । यो हारसंगै प्लेअफ पुग्ने पोखराको संभावना गणितिय हिसावमा मात्र काय छ ।
यसअघि पोखरा रंगशालामा टस जितेको बुटवलले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पोखराले ५ विकेट गुमाएर १ सय २१ रनको मध्यम योगफल तयार पारेको थियो । कमजोर सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानले लय समाउदा पोखरा सम्माजनक योगफल बनाउन सफल बनेको थियो । उसको ईनिङसमा रबीईन्दर सिंह अविजित ४५ र प्रथामेश डाकेले २० रन बनाएको पोखराको ईनिङसमा रोहित कुमार पौडेलले १९ र ईशान पाण्डेले १३ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बुटवलका हर्ष टोङकले २ तथा ललित भण्डारी, शिभम सिंह र नितेश थापाले समान एक विकेट लिए ।
