Logo

पोखराद्धारा बुटवलसामु १ सय २२ रनको मध्यम चुनौती

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ११:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल अन्तर्गत आजको पहिलो खेलमा पोखरा पल्टनले बुटवल ब्लास्टर्ससामु १ सय २२ रनको चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको बुटवलले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पोखराले ५ विकेट गुमाएर १ सय २१ रनको मध्यम योगफल तयार पारेको हो । कमजोर सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानले लय समाउदा पोखरा सम्माजनक योगफल बनाउन सफल बन्यो ।
उसको ईनिङसमा रबीईन्दर सिंह अविजित ४५ र प्रथामेश डाकेले २० रन बनाएको पोखराको ईनिङसमा रोहित कुमार पौडेलले १९ र ईशान पाण्डेले १३ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बुटवलका हर्ष टोङकले २ तथा ललित भण्डारी, शिभम सिंह र नितेश थापाले समान एक विकेट लिए ।
१ सय २२ रनको लक्ष्यसहित बुटवलले जवाफि ब्याटिङ गरीरहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?