Logo

पोखराको सुखद अन्त्य, ललितपुर जितविहिन

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०३:१० मा प्रकाशित

काठमाण्डौ – पोखरा पल्टनले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को सुखद अन्त्य गरेको छ । समुहचरणको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले हराउदै पोखराले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
ललितपुरले भने जितविहिन रुपमा प्रतियोगिता टुङग्याएको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य पोखराले १६ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । कविता कुँवरले अविजित ६१ र बिन्दु रावलले ४० रन बनाएपछि पोखराले सान्त्वना जित हात पारेको हो । ललितपुरकी ममता चौधरी र नेरी थापाले समान २ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ विकेट गुमाएर १ सय २२ रनको मध्यम योगफल तयार पारेको थियो । ललितपुरका लागि ममता चौधरीले अविजित रहदै ५२ रन बनाईन् । कविता जोशीले ३१ रन जोडिन । पोखराकी सिता राना मगरले २ विकेट लिईन् ।
प्रतियोगिताको ईलिमिनेटर खेलमा भोली बिराटनगर टाईटन्स र क्याट क्विन्स काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?