Logo

पुलिसलाई हराएको मछिन्द्र शीर्ष स्थानमा रहँदै एएफसी कप छनोटमा

ई-खेलकुद २०७८ पुस १८ , आईतबार ०६:०१ मा प्रकाशित

काठमाडौं । साविकको विजेता मछिन्द्र क्लबले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौ चरणको खेलमा विभागीय नेपाल पुलिसलाई १–० ले हराउदै मछिन्द्र शीर्ष स्थानमा रहँदै एएफसी कपका छनोटमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जिताउन सुनिल बलले खेलको पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । खेलको २१ औ मिनेटमा विशाल राईको फ्रिकिकमा सुनिलले हेडमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।
प्रतिस्र्धात्मक बनेको दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि सोहि नतिजा निर्णायक बन्यो । ७ खेलबाट १७ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो । समान खेलबाट मनाङ १६ अंकमा तालिकाको दोस्रो स्थानमा छ । आजको खेलमा मछिन्द्र बराबरीमा रोकिएको भए मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने थियो । पुलिसको ७ खेलबाट मात्र ६ अंक रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?