Logo

पुलिसलाई हराउँदै एपीएफले जित्यो उपाधि

ई-खेलकुद २०७८ माघ ५ , बुधबार ०१:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि नेपाल एपीएफले जितेको छ । आज भएको विभागीय डर्बीको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले उपाधि जितेको हो । जितका लागि १ सय ५८ रनको चुनौती पछ्याउने क्रममा पुलिसले ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ६५ रन बनाएको पुलिसको ईनिङसमा दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाहले १० रन बनाए ।
एपीएफका किशोर महत्ताले ३ तथा अबिनाश बोहोरा, अमरसिंह राउटेला र दिपक बोहारोले समान एक विकेट लिए । यसअघि कितिृपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफ एक बल अगावै १ सय ५७ रनमा समेटिएको थियो । उसको ईनिङसमा अमरसिंह राउटेलाले सर्बाधिक २९ रन बनाएको एपीएफको ईनिङसमा लोकेश बमले २७ रन बनाए । सन्दिप जोराले २४,कप्तान शरद भेषावकरले १९ र भुवन कार्कीले १७ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पुलिसका दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३ तथा तथा गुल्सन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्रसिंह कार्कीको नाममा एक एक विकेट रह्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?