Logo

पुर्ब क्लबबिरुद्ध सन्दिप लामिछानेको उत्कृष्ट बलिड़्ग, लिए ३ विकेट

ई-खेलकुद २०७६ भदौ २६ , बिहीबार ०६:०९ मा प्रकाशित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबिरुद्धको खेलमा सन्दिप लामिछानेले ३ विकेट चट्काएका छन् । जारी खेलमा बर्बाडोसले दिएको १ सय ८७ रनको उच्च लक्ष्य पछ्याईरहेको किट्सको महत्वपुर्ण ३ विकेट सन्दिपले दिएपछि उ हारनजिक पुगेको छ । पुर्ब क्लबका लउरी ईभान्स, समार्स ब्रुकस र कप्तान कार्लोस ब्रेथवेटको विकेट लिदै टोलीलाई जित नजिक पुर्याएका हुन् ।
बर्षाले खेल रोकिनु अघि ३ दशमलब ५ ओभर बलिङ गरेका लामिछानेले २२ रन खर्चेर महत्वपुर्ण ३ विकेट हात पारेका हुन् । यसअघिको खेलमा मात्र १ ओभर बलिङ गर्न अवसर पाएका लामिछानेले सो खेलमा भने विकेट लिन सकेका थिएनन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?