Logo

पुरुष भलिवलको निक्कै महत्वपुर्ण खेलमा नेपालले आज भारतसंग खेल्दै

ई-खेलकुद २०७६ मंसीर १३ , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलतर्फ समुहचरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बलियो टोली भारतको सामना गर्दैछ । नेपाललाई सेमिफाइनल पुग्नका लागि आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ । पहिलो खेलमा बंगलादेशसंग ३–२ को सेटले पराजित भएको आयोजक नेपाललाई साख जोगाउन पनि दबाव बढेको हो । हारले नेपालको यात्रा समुहचरणमै रोकिने भएकाले टोली जितको लक्ष्यमा रहेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सा“झ ५ बजे कोर्टमा उत्रदा भारत नेपालबिरुद्ध सहज जितको अपेक्षामा रहनेछ । नेपाललाई हराएको बंगलादेशलाई सोझो सेटले हराएकाले पनि उसको मनोबल उच्च रहेको हो ।
आजको खेलपछि समुह एबाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लगाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?