Logo

पुरुष भलिबल टोलीको प्रशिक्षण सुरु

ई-खेलकुद २०७८ मंसीर ३ , शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौं । एसीयन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपका लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रशिक्षण सुरु भएको छ । नेपाल भलिबल संघले त्रिपुरेश्वरस्थित कभर्ड हलमा टोलीको प्रशिक्षण सुरु गरेको हो । डच प्रशिक्षक हान एबिङले टोलीलाई प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणका लागि संघले २० खेलाडीलाई राखेको छ । महिला टोलीको प्रशिक्षण भने अघिल्लो साताबाटै सुरु भईसकेको छ । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?