Logo

पुरुष भलिबलमा भारत र पाकिस्तानको विजयी सुरुवात

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । भारत र पाकिस्तानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा विजयी सुरुवात गरेका छन् । राजधानीको त्रिपुरेश्वरस्थित कभर्ड हलमा समुह ए अन्तर्गतको खेलमा भारतले बंगलादेशलाई सोझो सेटले पराजित गर्यो । पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले त्यसपछिका सेटमा २५–१४ र २५–१५ को जित निकाल्यो । यो जितसंगै भारतले सेमिफाइनल प्रबेशको संभावना बलियो बनाएको छ ।
समुह बी अन्तर्गतको खेलमा पाकिस्तानले माल्दिभ्सलाई सोझो सेटले हराउदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सोहि कोर्टमा २५–१६ ले पहिलो सेट जितेको पाकिस्तानले त्यसपछिका सेटमा २५–२३ र २५–१५ को जित हात पार्दै सेमिफाइनल नजिक पुगेको हो । पाकिस्तानले समूह चरणको अन्तिम खेलमा भोली श्रीलंकासंग खेल्नेछ । पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपालले समुहचरणको अन्तिम खेलमा भोली भारतको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?