
काठमाण्डौ । साग पुरुष फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा भुटानलाई ४–० को फराकिलो अन्तरले हराएको नेपाल, दोस्रो जितसंगै फाईनल प्रबेशको संभावना बलियो बनाउने योजनामा रहेको छ ।
राजधानीको दशरथ रंगशालामा साझ ५ बजे मैदान उत्रदा श्रीलंकाबिरुद्ध सहज जितको अपेक्षामा नेपाली टोली रहनेछ । पहिलो खेलमा माल्दिभ्ससंग गोलरहित बराबरी खेलेको श्रीलंका पहिलो जितसंगै पदक होडमा कायमै रहने लक्ष्यमा रहेको छ ।
