Logo

पुरुष फुटबलको महत्वपुर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । सागको डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपाललाई फाईनल प्रबेशको संभावना कायम राख्न बंगलादेशसंग कम्तीमा बराबरीको नतिजा आवश्यक छ । हारले बंगलादेश फाईनल पुग्नेछ । सुरुवाती ३ मध्ये २ मा जित र १ मा बराबरीको नतिजा निकालेको नेपाल ७ अंकमा तालिकाको दोस्रो स्थानमा छ । भुटानसंग हारेको बंगलादेशले १ जित र १ बराबरीसंगै ४ अंक जोडेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सा“झ ५ बजे मैदान उत्रदा बंगलादेश गर या मरको अवस्थामा रहनेछ । तर नेपालको घरेलु मैदानमा उसलाई जित निकाल्न निक्कै मेहनत आवश्यक छ ।
यसअघि हिजो भएको खेलमा नेपालले माल्दिभ्सलाई तथा भुटानले श्रीलंकालाई हराएका थिए । श्रीलंकासंगको जितसंगै भुटानले ऐतिहासिक सफलता हात पारेको छ । आजको खेलपछि स्वर्णका लागि खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ । विजेताले भुटानसंग फाइनल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?