
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधिका लागि अहिले चितवन राईनोज र विराटनगर टाईटन्सबिच प्रतिीपर्धा भईरहेको छ । पोखरा रंगशालामा टस जितेको विराटनगरले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवन राईनोज ब्याटि¨मा उत्रिएको छ ।
समुहचरणका सबै खेलमा जित निकाल्दै चितवनले फाईनल यात्रा तय गरेको हो भने तेस्रो स्थानमा रहेर ईलिमिनेटरमा स्थान बनाएको विराटनगरले बुटबललाई हराउदै चितवनसंगको उपाधि भेट पक्का गरेको हो । पीपीएलको विजेताले २७ र उपविजेताले १० लाख रुपैया हात पार्नेछन् ।
