Logo

पीपीएल फाईनल : चितवनद्धारा विराटनगरसामु २ सय ३ रनको उच्च चुनौती अनिल र रोहनको अर्धशतक

ई-खेलकुद २०७६ पुस १२ , शनिबार ०१:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधिका लागि चितवन राईनोजले विराटनगर टाईटन्ससामु २ सय ३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर रनको बिशाल योगफल तयार पारेको हो ।
अनिल कुमार शाह र रोहन मुस्तफाले समान ५० रन बनाएको चितवनको ईनिङमा रोहन कप्तान पारस खडड्काले २५ र आरिफ शेखले १९ रन बनाए । करण केसी २६ र सन्नी पटेल १६ रनमा अबिजित रहे ।
विराटनगरका पुनित मेहेरा र महम्मद जेईदले समान २ तथा किशोर महत्तोले एक विकेट लिए ।
समुहचरणका सबै खेलमा जित निकाल्दै चितवनले फाईनल यात्रा तय गरेको हो भने तेस्रो स्थानमा रहेर ईलिमिनेटरमा स्थान बनाएको विराटनगरले बुटबललाई हराउदै चितवनसंगको उपाधि भेट पक्का गरेको हो । पीपीएलको विजेताले २७ र उपविजेताले १० लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?