Logo

पीपीएल क्रिकेट : धनगढीलाई हराउदै बुटवल प्लेअफमा

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०५:१२ मा प्रकाशित

पोखरा । निक्कै महत्वपुर्ण मानिएको खेलमा धनगढी ब्लुजलाई ७ विकेटले हराउदै बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफमा स्थान बनाएको छ । पोखरा रंगशालामा तेस्रो जित निकाल्दै बुटवलले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।
धनगढीले दिएको १ सय ४१ रनको चुनौती बुटवलले २० बल अगावै ३ विकेट गुमाएर भेट्टायो । अफ्ताब उद्दीन अहमदले ५२ र हर्स टोन्कले ४० रन बनाएपछि बुटवलले सहज रुपमा लक्ष्य भेटेको हो । शंकर रानाले २५ रनको योगदान गर्दा शिबम सिंह १५ रनमा अविजित रहदै टोलीलाई जितसम्म पुर्याए । धनगढीका लागि अनिल खरेलले २ र दिपक पुनियाले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको धनगढीले ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ र सन्दीप जोराले ३९ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा धनगढी मध्यम स्कोरमै सिमित बन्यो । बुटवलका ललित भण्डारीले ३ र अविनाश बोहराले २ विकेट हात पारे । हारसंगै धनगढीको प्ले अफ सम्भावना न्युन बनेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?