Logo

पीपीएल क्रिकेट : काठमाण्डौको भाग्य विराटनरले निर्धारण गर्दै

ई-खेलकुद २०७६ पुस ९ , बुधबार ०६:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल अन्तर्गत समुहचरणको अन्तिम खेलमा आज विराटनगर टाईटन्स र बुटबल ब्लास्टर्सबिच प्रतिस्पर्धा हुदैछ । यसअघि नै प्लेअफमा स्थान बनाईसकेको बुटवल सिजनको चौथो जित निकाल्ने योजनामा रहेको छ । विराटनगरलाई भने अघिल्लो चरणमा स्थान बनाउन आजको खेलमा जित्नै पर्ने दबाव छ । विराटनगरको हारले काठमाण्डौलाई फाईदा पुग्नेछ । ४ अंकमा तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डौलाई पछि पार्दै प्लेअफमा स्थान बनाउन विराटनगरलाई स्पष्ट जितसंगै नेटरनरेटमा पनि केहि सुधार गर्नुपर्ने छ ।
अघिल्ला चार खेल मध्ये एक जित र ३ खेलमा हार भोगेको विराटनगर दोस्रो जितसंगै अघिल्लो चरणको यात्रा तय गर्ने योजनामा रहेका छन् । विराटनगर प्रदिप ऐरी र बुटवल सोमपाल कामीको नेतृत्वमा रहेका टोली हुन् । यसअघि हिजो भएको खेलमा चितवन राईनोजसंग पराजित भएपछि काठमाण्डौ गोल्डेन्स संकटमा परेको थियो । समुहचरणका सबै खेलमा जित निकाल्दै चितवन भने फाईनलमा प्रबेश गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?