Logo

पीपीएल क्रिकेटमा विराटनगरको पहिलो जित, दोस्रो हारसंगै पोखरा दबावमा

ई-खेलकुद २०७६ पुस २ , बुधबार ०४:१२ मा प्रकाशित

पोखरा । विराटनगर टाईटन्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा पहिलो जित निकालेको छ । पोखरा पल्टनलाई ४५ रनले हराउदै विराटनरले तालिकामा पहिलो अंक जोडेको हो । विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा १ बल अगावै १ सय रनमा समेटियो । रोहित कुमार पौडेलले सर्बाधिक ३२ रन बनाएको पोखराको ईनिङसमा कुशल भुर्तेलले २४ र आसिफ शेखले १३ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । विराटनगरका किशोर महत्ताले ३ , जितेन्द्र मुखिया र जेईद आलमले समान २ तथा पुनित मेहरा, सहाव आलम र नोमन खानले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको मध्यम योगफल तयार पारेको थियो । पुनित मेहराले अबिजित ६१ रन बनाएको विराटनगरका लागि सुनिल धमलाले ३६ र जेईद आलमले २६ रनको योगदान गरे ।
पोखराका शरद भेषावकरले २ तथा कुशल मल्ल र सर्बजित लड्डाले एक एक विकेट लिए । साविक विजेता पोखरा यो हारसंगै कठिन अवस्थामा पुगेको छ । अघिल्लो चरण प्रबेशको संभावना जिवितै राख्न उसलाई बाँकि रहेका दुबै खेलमा जित निकाल्नुपर्ने दबाव थपिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?