
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको चौथो खेलमा पोखरा पल्टनले चितवन राईनोजसामु १ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको चितवनले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पोखरा पल्टनले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पारेको हो । सुस्त सुरुवात गरेको पोखराको ईनिङस कप्तान शरद भेषावकरले उकासेका थिए । उनले ४५ रन बनाए । कुशल मल्लले १३ रन बनाएको ईनिङसमा आसिफ शेख र रबीईन्दर सिंहले समान १० रन बनाए ।
चितवनका भुवन कार्की, रोहन मुस्ताफा र सन्नी पटेलले समान २ तथा करण केसी,पारस खड्का, र बिक्रम शोबले समान एक विकेट लिए ।
