Logo

पीपीएल क्रिकेटमा पोखराको विजयी सुरुवात,कुशलको अर्धशतकिय ईनिङस

ई-खेलकुद २०७६ मंसीर २९ , आईतबार ०३:१२ मा प्रकाशित

पोखरा । डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा काठमाण्डौ गोल्डेन्सलाई ९ विकेटले हराउदै पोखराले सिजनको सुखद सुरुवात गरेको हो ।
काठमाण्डौले दिएको १ सय १६ रनको चुनौती पोखराले ३५ बल अगावै १ विकेट गुमाएर भेट्टायो । उसको जितमा कुशल भुर्तेलले अबिजित ६५ र रबिईन्दर सिंहले ३८ रनको योगदान गरे । आसिफ शेखले १४ रन बनाए । काठमाण्डौका सुसन भारीले एक विकेट लिए ।
यसअघि पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको काठमाण्डौले ८ विकेट गुमाउदै १ सय १५ रनको मध्यम योगफल तयार पारेको थियो । सुबोध भाटिले ४५ रन बनाएको काठमाण्डौको ईनिङसमा गौरब तामोरले १३ र सुसन भारीले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पोखराका कुशल मल्ल, ललितनारायण राजवंशी र रासिद खानले समान २ विकेट लिए । प्रथामेस डाके र सर्बोजित लड्डाको नाममा एक एक विकेट रह्यो ।
पौष १२ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २७ र उपविजेताले १० लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?