Logo

पीपीएल क्रिकेटमा धनगढीको विजयी सुरुवात, विराटनगर ५ रनले पराजित

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०१:१२ मा प्रकाशित

पोखरा । एक्सपर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा सुखद सुरुवात गरेको छ । आज भएको खेलमा विराटनगर टाईटन्सलाई ५ रनले हराउदै धनगढीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बिराटनगरले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । राजु रिजालले सर्बाधिक २५ रन बनाएको बिराटनगरका ईनिङसमा सुनिल धमलाले १८ र पुनित मेहराले १५ रन बनाए । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । धनगढीका दिपेन्द्रसिंह ऐरीले ३ तथा सागर ढकालले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेट गुमाएर १ सय १७ रनको सामान्य योगफल तयार पारेको थियो । कमलसिंह ऐरीले अबिजित २६ रन बनाएको धनगढीको ईनिङसमा सिमान्था विजेरत्नेले २५ र रोड्रिगो थोमसले १६ रन बनाए । बिराटनगरका सदाब आलमले ३ तथा नोमन खानले २ विकेट लिए ।
आजको दोस्रो खेलमा अहिले बुटबल ब्लास्टर्स र काठमाण्डौ गोल्डेन्सबिच प्रतिस्पर्धा भईरहेको छ । खेलमा टस जितेको बुटवलले फिल्डिङ रोजेपछि काठमाण्डौ ब्याटिङमा उत्रिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?