Logo

पीपीएल क्रिकेटमा चितवन राईनोजको विजयी सुरुवात, पोखराको पहिलो हार

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०२:१२ मा प्रकाशित

पोखरा । पारस खड्का कमानीको चितवन राईनोजले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउदै चितवनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । योसंगै चितवनले अघिल्लो संस्करणमा भोगेको दुई हारको बदला पनि लिएको छ । पोखराले दिएको १ सय ८ रनको सामान्य चुनौती चितवनले ३१ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । चितवनको जितमा बाबर हायातले अर्धशतकिय ईनिङस खेले । हायात ६६ र सन्नी पटेल २२ रनमा अविजित रहदै टोलीलाई जितसम्म पुर्याए । रोहन मुस्तफाले १० रन जोडे । अनिल शाह खाता नै नखोली पभेलियन फर्किएको ईनिङसमा कप्तान खड्का ४ रनमा आउट भए । पोखराका रासिद खान र सर्बजित लड्डाले समान २ विकेट लिए ।
यसअघि पोखरा रंगशालामा टस जितेको चितवनले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पोखरा पल्टनले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पारेको थियो । पोखराको ईनिङस कप्तान शरद भेषावकरले ४५ रन बनाए । कुशल मल्लले १३ रन बनाएको ईनिङसमा आसिफ शेख र रबीईन्दर सिंहले समान १० रन बनाए । चितवनका भुवन कार्की, रोहन मुस्ताफा र सन्नी पटेलले समान २ तथा करण केसी,पारस खड्का, र बिक्रम शोबले समान एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?