
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राईनोजले काठमाण्डौ गोल्डेन वारियससामु १ सय ६८ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको काठमाण्डौले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रनको उच्च योगफल तयार पारेको हो ।
बाबर हायात र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १ सय १९ रनको किर्तिमानी साझेदारी गरेपछि चितवन उच्च योगफल बनाउन सफल बन्यो । हायात ७० रनमा आउट हुदा मुस्तफा ५९ रनमा अबिजित रहे । आरिफ शेखले १५ रन जोडेको चितवनको ईनिङसमा सन्नी पटेलले १५ रन बनाए । ओपनरका रुपमा आएका करण केसी १ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।
काठमाण्डौका अमरसिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले चितवनको एक एक विकेट लिए ।
