Logo

पीपीएल क्रिकेटमा चितवनद्धारा धनगढीसामु १ सय ८२ रनको चुनौती

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०२:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राईनोजले धनगढी बलुजसामु १ सय ८२ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको उच्च योगफल तयार पारेको हो ।
चितवनका लागि आरिफ शेखले सर्बाधिक ४७ रन बनाए । अबिजित रहेर ईनिङस टुङग्याउने क्रममा उनले २० बलमा ४ छक्का र २ चौका प्रहार गरे । सन्नी पटेल ३२ रनमा अबिजित रहे । बाबर हायातले ३६ र कप्तान पारस खड्काले २३ रन जोडे ।
धनगढीका दिपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान २ तथा अमित यादवले १ विकेट लिए । १ सय ८२ रनको लक्ष्यसहित धनगढीले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?