Logo

पीपीएल क्रिकेटमा काठमाण्डौद्धारा बिराटनगरसामु १ सय ६० रनको चुनौती

ई-खेलकुद २०७६ पुस ५ , शनिबार ०१:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा काठमाण्डौ गोल्डेन्सले विराटनगर टाईटन्ससामु १ सय ६० रनको उच्च चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको काठमाण्डौले निर्धारित ओभरमा ५ विकेट गुमाउदै १ सय ५९ रनको सम्मानजनक योगफल तयार पारेको हो । काठमाण्डौको ईनिङसमा जयकिशन कोल्सावालाले सर्बाधिक ५५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएको ईनिङसमा अमित श्रेष्ठले १७ रन जोडे । सुबोध भाती १४, आदिल खान १३ र पवन सर्राफ ५ रनमा अबिजित रहे ।
विराटनगरका पुनित मेहराले २ तथा जितेन्द्र मुखिया, नोमन खान र किशोर महत्तोले समान एक विकेट लिए । दुबै टोली समान दोस्रो जितको खोजीमा आज मैदान उत्रिएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?