Logo

पीपीएल क्रिकेटमा आज पारस र ज्ञानेन्द्रको भिडन्त

ई-खेलकुद २०७६ पुस ८ , मंगलबार ०७:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुदैछ । आज प्रतियोगिताको अपराजित टोली चितवन राईनोज र प्लेअफका लागि संर्घषरत काठमाण्डौ गोल्डेन वारियर्स प्रतिस्पर्धा गर्नेछन् । चितवन पारस खड्का र काठमाण्डौ ज्ञानेन्द्र मल्ल कमानीको टोली भएकाले आज को खेललाई कप्तान र पुर्बकप्तानबिचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । पोखरा रंगशालामा बिहान साढे ११ बजे यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।

४ खेलबाट ८ अंक जोडेको चितवन प्रतियोगिताको उपाधि नजिक रहेको छ । आजको खेलमा पनि सहज जित निकाल्दै उ अपराजित रहदै उपाधि जित्न चाहान्छ ।
प्ले अफ प्रबेशको संभावना कायम राख्न काठमाण्डौलाई भने आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ । झिनो हारले पनि काठमाण्डौको संभावना केहि रहनेछ । यस्तोमा विराटनरको अन्तिम खेल उसले कुर्नु पर्ने हुन्छ । यसअघि हिजो भएको खेलमा पोखरा पल्टनलाई हराउदै एक्पर्ट धनगढी ब्लुजले प्लेअफ प्रबेशको संभावना जिवितै राखेको थियो । आज काठमाण्डौले फराकिलो हार भोगे धनगढीलाई फाईदा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?