
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको दोस्रो संस्करण आज सुरु हुदैछ । पोखरा रंगशालामा बिहान ११ बजे प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्सबिच प्रतिस्पर्धा हुनेछ । हिजो नै औपचारिक उद्घाटन गर्ने भनिएपनि मैदानको अवस्थाका कारण प्रतियोगिता एक दिन पछि सरेको हो । पोखरा शरद भेषावकर र काठमाण्डौ ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन सत्र हुने आयोजक क्विन्स ईभेन्ट मेनेजमेन्ट प्रालीले जनाएको छ । फ्रेन्चाईज ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उपाधि विजेताले २७ र उपविजेता टोलीले १० लाख रुपैया हात पार्नेछन् ।
