Logo

पीपीएलमा बिदेशी खेलाडीको अनुबन्धनको लहर

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार ०९:१२ मा प्रकाशित

पोखरा । पोखरामा आईतबारबाट सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा फ्रेन्चाईज टोलीले बिदेशी खेलाडी अनुबन्धन गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । लिगमा ३ जना विदेशी खेलाडी राख्नुपर्ने प्राबधानका कारण सबै टोली त्यसको अन्तिम गृहकार्यमा लागेका हुन् । पिपिएलका लागि बिराटनगर टाईटन्सले पाकिस्तानी अलराउण्डर महम्मद जैद आलम र भारतका पुनित मेहरालाई अनुबन्धन गरेको छ । अर्का एक जनाको नाममा छलफल भईरहेको बिराटनगर टाईटन्सले जनाएको छ ।
पारस खड्का कमानीको चितवन राईनोजले हङकङका बाबर हायात, युएईका रोहन मुस्तफा र भारतका सन्नी पटेललाई टोलीमा राखेको छ ।
पोखरा पल्टनले भारतका रबिईन्दर सिंह र अलराउण्डर पराग खानपुकारलाई टोलीमा भित्र्याएको छ । गत सिजन भैरहवाबाट खेलेका रबिईन्दरलाई पोखराले टोलीमा भित्र्याएको हो भने लेगस्पिनर परागले पहिलो पटक नेपाली लिगमा सहभागीता जनाउन लागेका हुन् । काठमाण्डौ गोल्डेन्स, बुटबल ब्लास्टर्स र एक्पर्ट धनगढी ब्लुजले विदेशी खेलाडीको टुंगो लगाउन बाँकि छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?