Logo

पीपीएलमा काठमाण्डौको लगातार दोस्रो हार, बुटवल सुपर ओभरमा विजयी

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०५:१२ मा प्रकाशित

पोखरा । ज्ञानेन्द्र मल्ल कमानीको काठमाण्डौ गोल्डेन्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा लगातार दोस्रो हार भोगेको छ । आज भएको खेलमा बुटवल ब्लास्टरले काठमाण्डौलाई सुपर ओभरमा हराएको हो । काठमाण्डौले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटबलले ७ विकेट गुमाएर १ सय ४० रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नियमित खेलमा बुटबलका हर्ष टोंकले ४५, शिभम सिंहले अबिजित ३३ र शंकर रानाले २० रन बनाए । काठमाण्डौका सुबोध भाटी र सुसन भारीले समान २ विकेट लिए ।
सुपर ओभरमा बुटवलले दिएको १३ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १ विकेट गुमाएर २ रन बनाएपछि काठमाण्डौ हार भोग्न बाध्य भयो । अबिनाश बोहोराले कसिलो बलिङ गर्दै सुपर ओभरमा काठमाण्डौलाई दबावमा राखेका थिए ।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । पवन सर्राफले अविजित ३७ रन बनाएको काठमाण्डौको ईनिङसमा जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन बनाए ।
बुटवलका नितेस थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान एक विकेट हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?