Logo

पीपीएलमा काठमाण्डौको पहिलो जित, धनगढी फराकिलो अन्तरले पराजित

ई-खेलकुद २०७६ पुस २ , बुधबार १२:१२ मा प्रकाशित

पोखरा । काठमाण्डौ गोल्डेन्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा पहिलो जित हात पारेको छ । आज भएको खेलमा एक्पर्ट धनगढी ब्लुजमाथी १ सय ६ रनको फराकिलो जित निकाल्दै काठमाण्डौले अघिल्लो चरण प्रबेशको संभावना कायम राखेको हो । काठमाण्डौले लिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा ७९ रनमा समेटियो । श्रीमान्था विजयरत्नेले १५ र रोड्रिगो थोमसले १० रन बनाएको धनगढीको ईनिङसमा अन्य ९ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । काठमाण्डौका बसन्त रेग्मीले ३ तथा पवन सर्राफ र सुबोध भाटिले समान २ विकेट लिए । अमृत भट्टराई र सुसन भारीको नाममा समान एक विकेट रह्यो ।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रनको उच्च योगफल तयार पारेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले बिष्फोटक ब्याटिङ गर्दै १ सय रन बनाउदै टोलीलाई उच्चस्कोरसम्म पुर्याए । मात्र ३८ बल खेलेका मल्लले ९ छक्का र ८ चौका प्रहार गरे । जयकिशन कोल्सावालाले ४६ रन बनाए । गौरब तोमार खाता नै नखोली पभेलियन फर्किएको काठमाण्डौको ईनिङसमा अमित श्रेष्ठले ३४ रन जोडे । धनगढीका कमलसिंह ऐरीले ४ तथा सागर ढकालले एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?