
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्सबिच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा बिहान ९ बजे मैदान उत्रदा दुबै टोली निक्कै दबावमा हुनेछन् । साबिक बिजेता पोखरालाई अघिल्लो चरण प्रबेशको संभावना कायम राख्न बुटवलबिरुद्ध जित्नै पर्ने दबाव रहेको छ । सुरुवाती ३ मध्ये २ खेलमा हार र एकमा जित निकालेको पोखरालाई प्रतियोगितामा रहिरहन आजको खेल निक्कै महत्वपुर्ण रहेको हो । एक जित र एक हारको नतिजासंगै तालिकाको पुछारमा रहेको बुटवललाई पनि अघिल्लो चरण प्रबेशका लागि यो खेलमा आफु अनुकुलको नतिजा आवश्यक छ ।
सोहि मैदानमा दिउँसो १ बजे एक्पर्ट धनगढी ब्लुज र चितवन राईनोज आमने सामने हुनेछन् । सुरुवाती दुबै खेलमा जित निकालेको चितवन तेस्रो जित निकाल्दै अघिल्लो चरण प्रबेशको योजनामा रहदा धनगढी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । आजको खेलमा जित हात पारे, अघिल्लो चरण प्रबेशका लागि धनगढीको संभावना बलियो बन्नेछ । तर प्रतियोगिताकै बलियो टोलीका रुपमा रहेको चितवनलाई हराउन धनगढीलाई निक्कै मेहनत आवश्यक छ ।
