
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज एक मात्र प्रतिस्पर्धा हुदैछ । आज चितवन राईनोजले बुटवल ब्लास्टर्सको सामना गर्नेछ । पोखरा रंगशालामा बिहान साढे ११ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा जित निकालेका दुबै टोली लगातार दोस्रो जितको खोजीमा छन् । चितवन पारस खड्का र बुटबल सोमपाल कामीको कमानीमा रहेका टोली हुन् । पहिलो खेलमा काठमाण्डौ गोल्डेन्सलाई हराएको बुटवल सोहि लय कायम राख्ने योजनामा छ । साबिक विजेता पोखरा पल्टनलाई हराउदै सिजनको सुरुवात गरेको चितवन दोस्रो जितसंगै प्रतियोगितामा आफ्नो प्रभाव कायम राख्न चाहान्छ ।
यसअघि हिजो भएका खेलमा काठमाण्डौ गोल्डेन्सले धनगढी ब्लुजलाई तथा बिराटनगर टाईटन्सले पोखरा पल्टनलाई हराएका थिए । पीपीएलको तालिकामा अहिले सबै टोलीको समान २ अंक रहेको छ ।
