Logo

पीपीएलमा आज चितवन र पोखरा भिड्दै

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०९:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज एक मात्र खेल हुदैछ । प्रतियोगिताको तेस्रो दिन आज चितवन राईनोज र पोखरा पल्टन प्रतिस्पर्धा गर्नेछन् । पोखरा रंगशालामा बिहान साढे ११ बजे पोखरा पल्टन र चितवन राईनोज प्रतिस्पर्धा गर्नेछन् । शरद भेषावकर कमानीको पोखरा, लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा रहदा चितवन भने प्रतियोगितामा सुखद सुरुवातको योजनामा रहेको छ ।

चितवन पारस खड्काको कमानीमा रहेको टोली हो । अघिल्लो सिजन भएका दुबै भेटमा पोखरासंग हार भोगेको चितवन दोस्रो संस्करणमा भने त्यसको बदला लिने योजनामा रहेको छ । यसअघि हिजो भएका खेलमा बुटबल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?