Logo

पीपीएलको विजेताले २७ लाख पाउने, उत्कृष्ट ३ खेलाडीलाई मोटरसाईकल

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार ०८:१२ मा प्रकाशित

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधि विजेताले २७ लाख रुपैया पाउने भएको छ । प्रतियोगिताको आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले आज पुरस्कार राशी सार्बजनिक गरेको हो । उपविजेताले १० लाख प्राप्त गर्ने प्रालीका अध्यक्ष छुम्बी लामाले जानकारी दिनुभयो ।
मंसिर २८ देखी पुष १२ सम्म चल्ने प्रतियोगितामा फ्रेन्चाईज ६ टोलीले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ ले टिभिएस मोटरसाइकल हात पार्नेछन् । त्यस्तै ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार प्रदान गरिने लामाले बताउनुभयो ।
अघिल्लो संस्करणको विजेताले पनि यति नै रकम पुरस्कार पाएका थिए । अध्यक्ष लामाले विजेता र उपविजेताको राशी यथावत रहेपनि विधागततर्फको पुरस्कार बृद्धि भएको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागि टोलीले ३ जना विदेशी खेलाडी अनुबन्धन गर्न पाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?