
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधिका लागि चितवन राईनोज र विराटनगर टाईटन्स भिड्ने भएका छन् । आज भएको ईलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउदै विराटनगरले चितवनसंगको उपाधि भेट पक्का गरेको हो । विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । भीम सार्कीले ४४ र अफताबुद्धिन अहमदले ४३ रन बनाएपनि टोलीको जितमा पर्याप्त हुन सकेन । पुरन विकले १५ र शिभम सिंहले १४ रन बनाए । विराटनगरका साहाव आलम र पुनित मेहेराले समान ३ तथा जितेन्द्र मुखिया, किशोर महत्तो र महम्मद जेईद आलमले समान एक विकेट लिए ।
यसअघि पोखरा रंगशालामा टस जितेको बुटवलले फिल्डि¨ रोजेपछि ब्याटि¨मा उत्रिएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको योगफल तयार पारेको थियो ।
सुनिल धमलाले सर्बाधिक ६१ रन बनाएको विराटनगरको ईनिङसमा कप्तान प्रदिप ऐरीले रन अविजित ३३ रनको योगदान गरे ।
महम्मद जाईद आलमले २० तथा पुनित मेहेरा र लोकेश बमले समान १९ रन बनाए ।
बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी र अबिनाश बोहोराले समान १ विकेट लिए । विराटनगर र चितवनबिचको उपाधि भिडन्त शनिबार हुनेछ ।
