Logo

पीएसजी संकटमा, एम्बाप्पे र काभानी ३ साता मैदान बाहिर

ई-खेलकुद २०७६ भदौ १० , मंगलबार ०९:०८ मा प्रकाशित

एजेन्सी । टोलीका मुख्य २ खेलाडी घाईते भएपछि फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजी संकटमा परेको छ । टोलीका स्टाईकर केलियन एम्बाप्पे र एडिसन काभानी चोटग्रस्त बनेपछि पीएसजी संकटामा परेको हो । दुबै खेलाडी ३ सातापछि मात्र मैदान उत्रने बताईएको छ । आईतबार राती टोलुसोबिरुद्धको खेलमा यी दुई खेलाडी घाईते भएका हुन् । शुक्रबार हुने लिग वानको खेलमा एम्बाप्पे र काभानीको स्थान ईरिक म्याक्सिम र जेसे रोड्रिग्वेजले लिनेछन् ।
टोलीमा महत्वपुर्ण खेलाडीका रुपमा रहेका नेयमार स्पेनी क्लब जान लागेको अवस्थामा एम्बाप्पे र काभानीको चोटले टोलीलाई निक्कै समस्यामा पारेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?