Logo

पीएसएलमा सबै नेपाली क्रिकेटर अनसोल्ड

ई-खेलकुद २०७७ पुस २६ , आईतबार ०८:०१ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा सबै नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । ड्राफ्टमा परेका सन्दिप लामिछानेसहितका दश जना नेपाली खेलाडीमा कुनै टोलीले भाउ नलगाएका हुन् । लाहोरमा आज भएको ड्राफ्टमा दश नेपाली क्रिकेटर सहित बिभिन्न मुलुकका ४ सय बढि खेलाडी रहेका थिए ।

नेपालका ग्लोबल आईकन सन्दिप लामिछाने प्लाटिनम श्रेणीमा थिए । पुर्बकप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आसिफ शेख, अबिनाश बोहोरो, करण केसी, कुशल मल्ल र सुवास खकुरेल सिल्भर श्रेणीमा रहेका थिए ।
पिएसएल २०२१ फेब्रुअरी २० देखी मार्च २२ सम्म लाहोर र कराँचीमा हुने छ ।

पीएसएल सन्दिप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?