Logo

पीएसएलका बाँकि खेल जुन ९ बाट सुरु हुने

ई-खेलकुद २०७८ जेठ २० , बिहीबार ०९:०६ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण रोकिएको पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकि खेल अर्को साताबाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले रोकिएका खेलहरु जुन ९ बाट गर्ने गरी तालिका सार्बजनिक गरेको हो ।
पीएसएलका बाँकि सबै खेल युएईमा हुनेछन् । माहामारीका कारण रोकिएको प्रतियोगीतामा अबको पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच हुनेछ । युएईको अबुधाबीमा हुने प्रतियोगीता जुन २४ मा सकिनेछ ।
ईङल्याण्डसंगको सिरिजको तयारीमा रहेको पाकिस्तानले पीएसएल सकिएको भोली पल्ट ईङल्याण्डको यात्रा तय गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?