Logo

पीएम कप क्रिकेटमा लुम्बिनीको पहिलो जित

ई-खेलकुद २०७८ पुस २९ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा प्रदेश दुईलाई ४२ रनले हराउँदै लुम्बिनीले तालिकामा पहिलो अंक जोडेको हो । जारी प्रतियोगीतामा प्रदेश दुईको भने यो दोस्रो हार हो ।
लुम्बिनीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश दुईले ९ विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सक्यो । विवेक यादवले सर्वाधिक ३६ रन बनाएको प्रदेश दुइको ईनिङसमा हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४ रन बनाए । लुम्बिनीका अनिल खरेलले ५ विकेट लिए। कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीको जितमा देव खनालले अर्धशतकिय इनिङ्स खेले । उनले ५४ रनको योगदान गर्दा बसिर अहमद र सन्दीप रजालीले समान ३० रन बनाए । प्रदेश २ का विवेक यादव र रुपेश सिंहले समान दुई तथा हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?