Logo

पीएम कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

ई-खेलकुद २०७७ पुस ११ , शनिबार १२:१२ मा प्रकाशित

काठमाण्डौ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्घाटन खेलमा प्रदेश दुईलाई ९ विकेटले हराउदै लुम्बिनी प्रदेशले प्रतियोगीतामा शानदार सुरुवात गरेको हो । प्रदेश दुईले प्रस्तुत गरेको ७८ रनको चुनौती लुम्बिनीले २३ बल अगावै १ विकेट गुमाएर पुरा गर्यो । गीता गोसाई २३ र कप्तान नेरी थापा १५ रनमा अबिजित रहदै टोलीको जित निश्चत पारे । सरस्वती जीएमले २२ रनको योगदान गरिन् । प्रदेश दुईकी कविता गौतमले १ विकेट हात पारिन् ।
यसअघि दाङको लमहीस्थित क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको प्रदेश दुईले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७७ रनको सामान्य योगफल तयार पारेको थियो । अनुराधा चौधरी र साना प्रबिनले समान २१ रन बनाएको प्रदेश दुईको ईनिङसमा बिमला मगरले १० रन जोडिन । अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । लुम्बिनीकी सुस्मिता भुसाईलाले ३ तथा स्वतिका बजगाई, नेरी थापा र गीता गोसाईले समान एक विकेट लिए । साना रनआउट भएकी थिईन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?