Logo

पिपल्स च्वाईसको मनोनयन सार्बजनिक

ई-खेलकुद २०७७ पुस ३ , शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाईस अवार्डका लागि ५ जनाको नाम सार्वजनीक भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गर्दै सो अवार्डको मनोनयन सार्बजनिक गरेको हो ।

सो बिधामा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् । गत वर्ष घरेलु खेलकुदमा प्राप्त सफलता र चर्चाका आधारमा ५ खेलाडी छनोट गरिएको हो ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाईक, आयोजक संस्थाका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ ।

भोटिङ ई सेवाको एप डाउनलोड गरेर खेलाडीको प्रोफाईलमा गएर भोट गर्न सकिनेछ । भोटिङ्ग आजबाटै सुरु भई पुस २७ गते राति १२ बजेसम्म खुल्ला रहने बताईएको छ । पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।

अवार्ड एनएसजेएफ

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?